Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरण : छानबिन समितिले झिकायो ९ वटा सहकारीका कागजात

सहकारी प्रकरण : छानबिन समितिले झिकायो ९ वटा सहकारीका कागजात

  • बुधवार, आषाढ १२ २०८१

  • 912
    SHARES

  • सहकारी प्रकरण : छानबिन समितिले झिकायो ९ वटा सहकारीका कागजात

    काठमाडौं। सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कमा रकम अपचलनका विषयमा छानबिन सुरू गरेको छ।

    समितिको आज बसेको बैठकले गोरखा मिडिया नेटवर्कमा गरिएको लगानीसहित ९ वटा सहकारीसँग सम्बन्धित कागजात मगाउने निर्णय भएको समिति सदस्य इश्वरी न्यौपानेले जानकारी दिनुभयो ।

    उहाँले समितिको कार्यक्षेत्रअन्तर्गत अनुसूची–२ मा रहेको नौवटा सहकारीको सम्बन्धी फाइल पनि सम्बन्धित सहकारीबाट मगाइएको जानकारी दिनुभयो ।

    गोरखा मिडिया नेटर्वक गृहमन्त्री रवि लामिछाने कार्यकारी निर्देशक भएर चलाइएको संस्था हो। गोरखा मिडिया नेटर्वक अन्तर्गत ग्यालेक्सी फोर के टिभी सञ्चालनमा आएको थियो। यसक अध्यक्ष जीबी राई हुन् । मिडिया नेटवर्कमा सहकारीबाट पैसा लिएर कानुनविपरीत लगानी गरिएको आरोप छ ।

     


    बुधवार, आषाढ १२ २०८१०५:४४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij