Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

कोशी सरकारविरुद्धको मुद्दामा बहस सकियो, आजै आउनेछ यस्तो फैसला

कोशी सरकारविरुद्धको मुद्दामा बहस सकियो, आजै आउनेछ यस्तो फैसला

  • मंगलवार, आषाढ ११ २०८१

  • 613
    SHARES

  • कोशी सरकारविरुद्धको मुद्दामा बहस सकियो, आजै आउनेछ यस्तो फैसला

    काठमाडौं। सर्वोच्च अदालतमा कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा अन्तिम बहस सकिएको छ। न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा आज बहस सकिएको हो ।

    अहिले न्यायाधीशहरु फैसला सुनाउनका लागि लेखनमा जुटेको छन्। यो मुद्दामा आजै फैसला आउने बताइएको छ। सर्वोच्चले सोमबार नै सुनुवाइ सक्ने भनेपनि कानुन व्यवसायीहरूले बहसका लागि थप समय माग गरेपछि अन्तिम समयमा मुद्दा मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

    कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा जेठ ३१ गतेदेखि सुनुवाइ हुँदै आएको थियो। पहिलो दिन कार्कीका तर्फबाट बहस भएको थियो भने दोस्रो पेशीको दिन (असार १० गते) मुख्यमन्त्री हिक्मत बहादुर कार्कीका तर्फबाट बहस भएको थियो।

    कार्कीलाई हटाएर प्रदेश प्रमुखले हिक्मत कार्कीलाई मुख्यम्नत्रीमा नियुक्त गरेपछि कार्की अदालत पुग्नु भएको हो। कार्कीले २०८० भदौ २१ गतेको न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले गरेको फैसलालाई पनि आधार लिनुभएको छ।

    उहाँले उक्त फैसलाको बुँदा नम्बर २६ मा सरकार गठनका लागि पटक पटक एउटै धारा प्रयोग गर्न नमिल्ने भनिएकाले आफूलाई हटाएर पुनः उपधारा ५ कै सरकारको रूपमा शपथ गराउनु असंवैधानिक र उक्त आदेश विपरीत हुने तर्क समेत गर्नुभएको छ।

    कोशी प्रदेशको सरकार अब कसको हुने छ भन्नेमा सर्वोच्चले आज सुनाउने फैसलामा निर्भर हुने देखिन्छ। सर्वोच्चले रिट जारी हुने फैसला सुनाएमा मुख्यमन्त्रीको रूपमा केदार कार्की फर्किनुहुनेछ भने रिट खारेज हुने फैसला भएमा वर्तमान मुख्यमन्त्री कार्कीले नै निरन्तरता पाउनु हुनेछ।

     


    मंगलवार, आषाढ ११ २०८१०२:१०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij