Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचार मुद्दा दायर हुँदा समेत मुख्यसचिव अर्यालले बुझाएनन् राजीनामा, पद सिर्जना गरी राष्ट्रिय योजना आयोगमा पठाइयो, प्रधानमन्त्रीको कुरा समेत टेरेनन् (खास खबर)

भ्रष्टाचार मुद्दा दायर हुँदा समेत मुख्यसचिव अर्यालले बुझाएनन् राजीनामा, पद सिर्जना गरी राष्ट्रिय योजना आयोगमा पठाइयो, प्रधानमन्त्रीको कुरा समेत टेरेनन् (खास खबर)

  • सोमवार, आषाढ १० २०८१

  • 837
    SHARES

  • भ्रष्टाचार मुद्दा दायर हुँदा समेत मुख्यसचिव अर्यालले बुझाएनन् राजीनामा, पद सिर्जना गरी राष्ट्रिय योजना आयोगमा पठाइयो, प्रधानमन्त्रीको कुरा समेत टेरेनन् (खास खबर)
    काठमाडौं । नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालविरुद्ध सञ्चार सचिव हुँदा अनियमिततामा संलग्नता रहेको भन्दै भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ । यो सँगै उनी स्वतः पदबाट निलम्बित भएका छन् । यद्यपि अर्यालले राजीनामा दिन भने इन्कार गरेका छन् । उनले राजीनामा नदिएपछि सरकारले राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा घोटाला प्रकरणलाई लिएर आइतबार अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो । बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भयपछि कर्मचारीको मनोबल हतोत्साहित हुने पूर्व सचिव विमल कोइरालाको भनाइ छ । 
     
    अख्तियारले आफ्नो विज्ञप्तिमा सञ्चार मन्त्रालयका सचिवका हैसियतमा अर्याल सुरक्षण मुद्रण विकास समितिको अध्यक्ष रहँदा सो समितिलाई तोकिएको कुनै पनि काम कर्तव्य कानुनी रूपमा पालना नगरेको जनाएको छ । यता, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीले मुद्दा दर्ता हुने थाहा पाएपछि राजीनामा दिन वा बिदामा बस्न भनेपनि नमानेको दाबी गर्नुभयो । 
     
    यस प्रकरणमा अन्य केही बहालवाला सरकारी अधिकारी, परामर्शदाता एवं कम्पनीसहित ११ जनालाई मुद्दा चलाइएको छ । उनीहरूसँग एकमुस्ट ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबी गरिएको छ । एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष यामबहादुर खत्रीले अहिले अर्यालमाथि अभियोजन मात्रै भएकोले पुष्टि नभएको बताउनुभयो । 
     
    अख्तियारमा मुद्दा दायर हुँदा समेत राजीनामा नबुझाएका मुख्यसचिव अर्यालको बचाउमा सरकार उत्रेको छ । सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले कसैविरूद्व मुद्दा लाग्दैमा दोषी प्रमाणित नहुने जिकिर गर्नुभएको छ । निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेपछि मन्त्री शर्माले उहाँको कार्य अवधिभर विशेष पद रहने र अवधि सकिएपछि स्वतः हट्ने बताउनुभयो । 
     
    मुख्यसचिव अर्यालले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भएपनि दिएनन् । बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचारको मुद्दा दायर हुनु अन्तर्राष्ट्रिय लज्जाको विषय बनेको छ । यसको सत्य तथ्य छानबिन जरुरी छ । 
     
     


    सोमवार, आषाढ १० २०८१०८:२४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij