Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

चिनियाँ उपविदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

चिनियाँ उपविदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

  • सोमवार, आषाढ १० २०८१

  • 543
    SHARES

  • चिनियाँ उपविदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

    काठमाडौं। चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज (सोमबार)देखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ। भ्रमणका क्रममा उहाँ यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित हुनुहुनेछ। भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ।

    त्यसक्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ। उपविदेशमन्त्री सुन असार १२ गते फिर्ता हुने जनाइएको छ।


    सोमवार, आषाढ १० २०८१०९:३०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij