Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

मुख्य सचिव डा. बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरिँदै

मुख्य सचिव डा. बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरिँदै

  • आइतवार, आषाढ ९ २०८१

  • 652
    SHARES

  • मुख्य सचिव डा. बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरिँदै

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव डा. बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर गर्दैछ । मुद्दा दायर अगाडि नै राजीनामा दिने तयारी डा. अर्यालले गरेका छन् ।

    हिजो अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो । सो निर्णयबारे थाहा पाएपछि मुख्य सचिव अर्याल गोजीमा राजीनामा पत्र बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पुगेका थिए ।

    अर्यालले राजीनामा बुझाएर हिँडे कि यत्तिकै फर्किए भन्ने खुलेको छैन । यद्यपि, हिजो नदिएको भए उनले आज दिनेछन् । पदमा बहाल भएकै अवस्थामा मुद्दा दर्ता हुँदा निजामति प्रशासनकै बदनामी हुने भएकाले पहिलेकै मितिमा राजीनामा स्वीकृत हुने सम्भावना रहेको बताइएको छ ।

    नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स खरिद र सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद गर्ने निर्णयलाई लिएर अर्यालविरुद्ध मुद्दा दायर हुन लागेको हो । दुवैमा अर्यालको संलग्नता पुष्टि भएको अख्तियारको दाबी छ ।


    आइतवार, आषाढ ९ २०८१०१:१६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij