Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पदम राई र सङ्गीता मस्राङ्गी मगरको आवाजमा ‘सेवा-झोर्ले’ सार्वजनिक (भिडियोसहित)

पदम राई र सङ्गीता मस्राङ्गी मगरको आवाजमा ‘सेवा-झोर्ले’ सार्वजनिक (भिडियोसहित)

  • आइतवार, आषाढ ९ २०८१

  • 872
    SHARES

  • पदम राई र सङ्गीता मस्राङ्गी मगरको आवाजमा ‘सेवा-झोर्ले’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक पदम राई र गायिका सङ्गीता मस्राङ्गी मगरको आवाजमा ‘सेवा-झोर्ले’ गीत सार्वजनिक भएको छ । गीतको शब्द पदम साधना कुलुङ र विजय मगरले लेखेका हुन् भने सङ्गीतरसङ्कलन विजय मगरले नै गरेका हुन् ।

    गीतमा एरेञ्ज, मिक्सिङ र मास्टरिङको काम देवेश राईले गरेका छन् । गीत माहोल स्टूडिओमा रेकर्डिङ्ग गरिएको हो । गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुमीन गुरुङ र रेश्मा खजुम मुख्य रूपमा अभिनय रहेको छ ।

    भिडिओ निर्देशनको काम विजय मगरले नै गरेका हुन् भने दिनेश माङ्मुको कोरियोग्राफी छ । यस्तै इडिट र कलरिङको काम अर्जुन खड्काले गरेका छन् । पोस्ड प्रोडक्सन दामी क्रिएसनले गरेको हो ।

    गीत फरक तवरले बनाउने कोसिस गरेको निर्माण टोलीले बताएको छ । त्यसो त गीतले राई र मगर समुदायलाई जोड्न खोजेको देखिन्छ । राई समुदायको साकेला र मगर समुदायको हुर्रा भाकामार्फत राई समुदायको मौलिक शब्द ‘सेवा’ र मगर समुदायको ‘झोर्ले’ लाई गीतमा अटाइएको छ ।

     


    आइतवार, आषाढ ९ २०८१०९:२०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij