Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

‘भौतिकमन्त्रीले राति ग्याङ लिएर गए, प्रधानमन्त्री र अर्थमन्त्रीलाई थर्काएर २५ अर्ब आफ्नो क्षेत्रमा हाले’

‘भौतिकमन्त्रीले राति ग्याङ लिएर गए, प्रधानमन्त्री र अर्थमन्त्रीलाई थर्काएर २५ अर्ब आफ्नो क्षेत्रमा हाले’

  • शनिवार, आषाढ ८ २०८१

  • 2.2K
    SHARES

  • ‘भौतिकमन्त्रीले राति ग्याङ लिएर गए, प्रधानमन्त्री र अर्थमन्त्रीलाई थर्काएर २५ अर्ब आफ्नो क्षेत्रमा हाले’

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारकै मन्त्रीहरुले थर्काउने र धम्काउने गरेको दाबी गर्नुभएको छ।आज काठमाडौं मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

    महामन्त्री थापाले जनताले विश्वास गुमाएको बेलामा मन्त्रीहरुले नै नटेरेर थर्काउँदा प्रधानमन्त्री प्रचण्डले सरकार सम्हाल्नै नसकेको बताउनुभयो। उहाँले बजेट बनाउने बेला भौतिक पूर्वाधारमन्त्रीले अर्थ मन्त्रालयमा राति ग्याङ लिएर गएर थर्काएर आफ्नो क्षेत्रमा पैसा हालेको दाबी गर्नुभयो।

    उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको हालत चोक्टा खान गएको बढी झोलमा डुबेर मरी भनेको जस्तो छ। कांग्रेसले हेप्यो भनेर गएको हालत अहिले एउटा मन्त्रीले प्रधानमन्त्रीलाई टेर्दैन। प्रधानमन्त्रीले संसदमा बोल्दा मन्त्री आउँदैन। उपप्रधानमन्त्री आउँदैन। मन्त्रीले खल्तीबाट राजीनामा दिउँ भनेर थर्काउँछ । प्रधानमन्त्रीको यस्तो हालत भएको छ। लुते प्रधानमन्त्रीले कसरी सम्हाल्छ ? मन्त्री र मुख्यमन्त्रीले टेर्दैनन् ।’

    महामन्त्री थापाले थप्नुभयो,‘बाले त्यस्तै मन्त्री पठाउनुभएको छ। बालाई मात्रै टेर्ने, प्रधानमन्त्रीलाई गन्दै नगन्ने, भौतिकमन्त्रीले अर्थमन्त्रालयमा ग्याङ लिएर गएको छ। राति गएर २५ अर्ब आफ्नो क्षेत्रमा हाल्नुभएको छ। मैले कहिले पनि देखेको थिएन त्यस्तो। एमालेले यो सरकारको जिम्मा लिँदैन। घन्टीले पनि लिँदैन। यो बेलामा प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने हो तर,अहिले आफैं गनगन गरेको छ,रोएको छ, यो सरकार उनीहरु नै मिलेर चलाउँछन्।’

    महामन्त्री थापाले कांग्रेस अहिले कोहीसँग टाँसिएर सरकार बनाउने खेलमा नलाग्नेसमेत प्रस्ट पार्नुभयो।

     


    शनिवार, आषाढ ८ २०८१०५:५१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij