Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने बजेट ल्याएका छौँः अर्थमन्त्री

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने बजेट ल्याएका छौँः अर्थमन्त्री

  • शनिवार, आषाढ ८ २०८१

  • 662
    SHARES

  • समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने बजेट ल्याएका छौँः अर्थमन्त्री

    काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले यसपटक समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने गरी बजेट ल्याएको दाबी गर्नुभएको छ।

    आज काठमाडौँमा नेकपा (माओवादी केन्द्र)अछाम–काठमाडौँ सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मुल नाराका आधारमा बजेट प्रस्तुत भएको बताउनु भएको हो।

    उहाँले बजेटमा कृषि, पर्यटन,जलविद्युत,आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्रका रुपमा अघि सारिएको बताउनुभयो।

    उहाँले भन्नुभयो,‘‘अहिले हामीले बजेटमा पनि उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मुल नाराका आधारमा बजेट प्रस्तुत भएको छ। अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा निर्देशन भएर कृषि, पर्यटन, जलविद्युत, आइटी र उत्पादनमुलक क्षेत्रहरु नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्र हुनसक्छन्। सात प्रदेशका सात वटा विशेषता छुट्याएका छौँ।’’

    मन्त्री पुनले भन्नुभयो, ‘‘सुदूरपश्चिमलाई पर्यटकीय हबको रुपमा विकास गर्नुपर्छ भनेर लगानी कर्तालाई आह्वान गरेका छौँ । एउटा प्रदेशले एउटा विशेषतामा लैजाने भन्ने किसिमबाट बजेट प्रस्तुत गरेका छौँ । अरु हाम्रो पार्टी, कार्यकर्तालाई पनि उत्पादनसँग जोड्ने आयोजनाहरु, रोजगारी सम्बन्धी कार्यक्रमहरु अघि सारेका छौँ। उत्पादनसँग जोडिनुपर्छ ।’’

    उहाँले सात प्रदेशका सात वटा विशेषता छुट्याएको बताउनुभयो। उहाँले सुदूरपश्चिमलाई पर्यटकीय हबको रुपमा विकास गर्नेगरी बजेटमा विनियोजन गरिएको बताउनुभयो। उहाँले सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको जिकिर गर्नुभयो ।

    उहाँले मानिस धनी हुने मात्रै नभइ समानतातिर लैजाने किसिमले उत्पादन केन्द्रित बजेट ल्याएको औंल्याउनुभयो। उहाँले समाजको नैतिक धरातललाई नबिर्सिकन काम गर्दा समाज र देश समृद्ध बन्ने बताउनुभयो ।


    शनिवार, आषाढ ८ २०८१०४:३८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij