काठमाडौं। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुङ्गोमा पुराउनुपर्ने बताउनु भएको छ। शान्ति प्रक्रिया नटुङ्गिएका कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रहेको उहाँको तर्क छ।
आज काठमाडौँमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधर पुस्तक विमोचन कार्यक्रममा उनले, शान्ति प्रक्रिया नटुङ्गिएको कारण अहिलेको परिवर्तन सहिद नै रहेको भन्दै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटोभन्दा छिटो पूरा गर्ने प्रतिवद्धताका साथ अगाडि बढेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद छ। शान्ति प्रक्रियाको काम अझै गर्न बाँकीछ। सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिविद्धताका साथ अगाडि बढ्नुपर्नेछ ।’