Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

“बजेटकै कारण सत्ता गठबन्धनमा समस्या आउँदैन”

“बजेटकै कारण सत्ता गठबन्धनमा समस्या आउँदैन”

  • शनिवार, आषाढ ८ २०८१

  • 358
    SHARES

  • “बजेटकै कारण सत्ता गठबन्धनमा समस्या आउँदैन”

    काठमाडौं। सरकारले बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने दाबी गरेको छ।

    आगामी आर्थिक वर्षको बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेकोले बजेटकै कारण सरकारमा कुनै समस्या नहुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो।

    आज धनगढीमा पत्रकारसँग कुराकानी गर्दै बजेट सन्तुलित रहेको दावी गर्दै शर्माले भन्नुभयो,“जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बजेट छ।”

    बजेटमा कतिपय कुरा सच्च्याएर जान सकिने भएपनि सुधार गरेर लैजान पाइँदैन भन्ने परम्परागत संसदीय व्यवस्थाको अभ्यासलाई मानेर जानुपर्छ भन्नु बेठिक भएको उहाँको धारणा छ। उहाँले अहिलेको गठबन्धन सरकारको विकल्पबारे नसोचिएको दाबी गर्नुभयो।

    विभिन्न दलले गठबन्धन गरेर सरकार चलाइरहेकाले एउटै पार्टीले सरकार चलाएजस्तो नहुने बताउँदै उहाँले सत्तापक्षीय दलबीच लामो समयसम्म सहकार्य गरेर जाने पक्षमा नेकपा (माओवादी केन्द्र) रहेको बताउनुभयो।


    शनिवार, आषाढ ८ २०८१०४:११:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij