Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्थानीय तहका रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन

स्थानीय तहका रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन

  • सोमवार, कार्तिक १७ २०७७

  • 918
    SHARES

  • स्थानीय तहका रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ ।

    मन्त्रालयले सबैलाई आज पत्र लेख्दै तीन दिनभित्र जिल्ला समन्वय समिति (जिसस)लाई रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    यसअघि, भदौ २३ गते पत्र लेख्दै मन्त्रालयले विविध कारणले रिक्त पदाधिकारीको विवरण माग गरेको थियो । तर उक्त समयमा पनि पदाधिकारीको विवरण नपठाएपछि पुनः तीन दिनभित्र पठाउन मन्त्रालयले ताकेता गर्दै पत्र पठाएको हो ।

    मन्त्रालयले रिक्त रहेको पद, रिक्त भएको मिति र रिक्त हुनाका कारण उल्लेख गरेर विवरण पठाउन भनेको छ । यसअघि सरकारले रिक्त पदाधिकारीको विवरण सङ्कलन गरेर निर्वाचन गरेको थियो ।

    गत मंसिरमा निर्वाचन आयोगले विभिन्न कारणले रिक्त भएका स्थानीय तहका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाको अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि उक्त उपनिर्वाचन भएको थियो ।

     


    सोमवार, कार्तिक १७ २०७७०५:४०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij