Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

रास्वपा स्थापनाका दुई वर्षः सभापति लामिछानेमाथिका आरोपले समस्या, जनताले गरेको आशा निराशामा परिणत (खासखबर)

रास्वपा स्थापनाका दुई वर्षः सभापति लामिछानेमाथिका आरोपले समस्या, जनताले गरेको आशा निराशामा परिणत (खासखबर)

  • शुक्रवार, आषाढ ७ २०८१

  • 1.2K
    SHARES

  • रास्वपा स्थापनाका दुई वर्षः सभापति लामिछानेमाथिका आरोपले समस्या, जनताले गरेको आशा निराशामा परिणत (खासखबर)

    काठमाडौं। नेपालका पुराना दलहरुप्रति जनताको वितृष्णालाई सम्बोधन गर्ने हेतुले स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज स्थापनाको दोस्रो वार्षिकोत्सव मनाएको छ । स्थापनाको छोटो समयमै राजनीतिको मूलधारमा स्थापित भएको रास्वपाका आगामी दिनहरु भने त्यति सरल देखिएका छैनन् ।

    रास्वपाले जसरी जनतालाई आश्वासन दिएर राजनीतिमा होमिएको थियो, ती आशाहरु प्नि बिस्तारै क्षीण हुँदै गएपछि विश्वास टुट्दै गएको छ। स्वयं रास्वपाका सभापति रवि लामिछाने विभिन्न प्रकरणमा मुँछिदै गएपछि र केही तथ्यहरु समेत फेला परेपछि जनताको भरोसा कम हुँदै गएको हो ।

    बैशाख १५ गते भएको उपनिर्वाचनमा पनि जसरी रास्वपाले तामझाम गरेको थियो, त्यो मिसनमा सफल हुन सकेन एमालेले दुवै क्षेत्र क्लीनस्वीप गर्यो। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपाको जुन रफ्तार थियो त्यसमा केही मात्रामा ब्रेक लाग्ने संकेत गर्नुभयो। सरकारमा सहभागी हुँदाको परिणती रास्वपाले भोग्ने उहाँले बताउनुभयो ।

    रास्वपा सभापति लामिछानेले आज वार्षिकोत्सवमा दिएको शुभकामनामा उत्साहभन्दा हतासा बढी झल्किएको छ। लामिछानेले शुभकामना सन्देशमा रास्वपा आफ्नो उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताउनुभएको छ। पार्टीको बाटो भने सरल नरहेको उहाँको स्वीकारोक्ति छ।

    राजनीतिक विश्लेषक महेश भट्टराईले पनि रास्वपाले जनतालाई दिएको आश्वासन परिपूरण हुनेमा शंका व्यक्त गर्नुभयो। सरकारमा सहभागी भएर आफ्ना गल्तीहरु लुकाउनेबाहेकको काम नगरेको उहाँको तर्क छ।गृहमन्त्रीको कुर्सीमा रहेका सभापति लामिछानेलाई विवादले पिछा छोडिरहेको छैन।

    यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बेलाबेला नयाँ आएका पार्टीहरुलाई प्रहार गरिरहेका हुन्छन्। यो परिवर्तनलाई स्वीकार्दै आफूहरुलाई जस दिएर नयाँ पार्टीहरु अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

    रास्वपा अहिले कठोर आत्मसमीक्षाको विन्दूमा छ । बाहिर जति आत्मविश्वासी र आक्रामक अभिव्यक्तिहरु दिए पनि लामिछाने स्वयम् पनि रक्षात्मक मनस्थितिमा छन । स्थापनाको एक वर्ष नबित्दै संसदमा २१ सीट जितेर चौंथो ठूलो दलको हैसियत बनाउनु चानचुने सफलता थिएन ।

    यसको सबैभन्दा ठूलो कारण रवि लामिछाने नै थिए । उनीप्रतिको आशा र भरोसाले गर्दा नै जनताले नचिनेका उम्मेदवारहरुलाई पनि आँखा चिम्लिएर भोट दिएका हुन् । तर, जनअपेक्षामा खरो उत्रिन लामिछानेलाई सकस परिरहेको छ । मन्त्रालयबाट केही पपुलिष्ट कामबाहेक उनले राष्ट्रको दिगो हितको पक्षमा ठोस कदम चाल्न सकिरहेका छैनन् ।


    शुक्रवार, आषाढ ७ २०८१०८:३१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij