Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माननीय सदस्यहरु प्रधानमन्त्रीको अवमुल्यन भयो...

माननीय सदस्यहरु प्रधानमन्त्रीको अवमुल्यन भयो...

  • बिहिवार, आषाढ ६ २०८१

  • 1.3K
    SHARES

  • माननीय सदस्यहरु प्रधानमन्त्रीको अवमुल्यन भयो...

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

    बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो । प्रश्नोत्तरमा ११ जना सांसदले भाग लिए । प्रश्नोत्तर कार्यक्रम सकिएपछि प्रधानमन्त्री प्रचण्डले आफूले सम्बोधन गर्ने क्रममा संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको गुनासो गर्नुभयो ।

    ‘जाँदाजाँदै म एउटा कुरामा सबै माननीय सदस्यहरुको ध्यानाकर्षण गराउन चाहन्छु’ भन्दै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीले संसदमा बोल्दा सकेसम्म सबै उपस्थित हुने परम्परा रहेको बताउनुभयो ।

    संसदमा धेरै सांसद अनुपस्थित हुनुलाई उहाँले प्रधानमन्त्रीको अवमूल्यन हो कि भन्ने आशंका पनि गर्नुभयो ।

    ‘यसले हामीले अमुक प्रधानमन्त्रीलाई अलिकति अवमूल्यन गरेको पक्कै होइन होला । यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफैंलै आफैंलाई अवमूल्यन गरेको ठहरिन्छ भन्ने विश्वास सहित बिदा हुन्छु’ प्रचण्डले भन्नुभयो ।


    बिहिवार, आषाढ ६ २०८१०२:४४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij