Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रियताले एमालेमै संशय, राजनीतिक वृत्तमा चर्चा, सेवा सुविधाको विषयमा कांग्रेसको प्रश्न (खासखबर)

पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रियताले एमालेमै संशय, राजनीतिक वृत्तमा चर्चा, सेवा सुविधाको विषयमा कांग्रेसको प्रश्न (खासखबर)

  • बुधवार, आषाढ ५ २०८१

  • 758
    SHARES

  • पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रियताले एमालेमै संशय, राजनीतिक वृत्तमा चर्चा, सेवा सुविधाको विषयमा कांग्रेसको प्रश्न (खासखबर)

    काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा पुनः फर्कनेबारे चर्चाबारे शुरु भएको छ। राजनीतिक हिसाबले सबैभन्दा ठूलो गोलका रुपमा रहेको राष्ट्रपति पदको गरिमा ख्याल नगरी सक्रिय राजनीतिमा फर्किने चर्चाले अनेकथरी बहस हुन थालेका छन् । एमालेभित्र पनि यो विषयमा दुईथरी प्रतिक्रिया आएका छन्।

    एउटा पक्ष भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चालाई स्वाभाविक रूपमा लिएर उत्साहित देखिएको छ भने अर्को पक्ष त्यति सहजै उनी सक्रिय राजनीतिमा फर्कनेमा विश्वास गर्न नसकिने बताइरहेको छ। एमालेका नेता विष्णु रिजालले पूर्वराष्ट्रपति एमालेकै सदस्य भएकोले सक्रिय राजनीतिमा आउने विषय सामान्य रहेको बताउनुभयो।

    दुई कार्यकाल गरी झण्डै साढे सात वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएकी भण्डारी २०७९ फागुन २९ गते शीतल निवास छाडेर बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आउनुभएको छ।

    एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्नीसमेत रहनुभएकी भण्डारी पछिल्ला दिनमा एमालेको राजनीतिक कार्यक्रममा समेत सहभागी हुन थालेसँगै उहाँ सक्रिय राजनीतिमा फर्कने चर्चा बढेको हो।

    यसैबीच,नेपाली कांग्रेसका सांसद एवं राज्य,व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पूर्वराष्ट्रपति राजनीतिमा फर्कने चर्चाका बीच उहाँले राज्यबाट पाएको सुविधा फिर्ता गर्न पर्ने की नपर्ने भन्दै संसदको जवाफ माग गर्नुभएको छ ।

    यद्यपि भण्डारी स्वयंले भने के गर्ने भन्ने विषयमा स्पष्ट बताउनुभएको छैन। भण्डारीले मुख नखोले पनि पार्टी कार्यक्रममा उहाँको सहभागिताले सक्रिय राजनीतिमा फर्कन लागेको आंकलन बलियो हुन पुगेको हो।

    भण्डारी नेकपा एमाले महिला संघद्वारा जेठ १६ गते आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभयो, त्यसअघि एमालेको हिरक महोत्सवमा पनि सहभागी बन्नुभयो र असार ३ गते मदन भण्डारी फाउन्डेसनको स्थलगत अवलोकनसमेत गर्नुभयो।

    नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यादव राजनीतिभन्दा माथि रहेर अभिभावकका रुपमा रहेका बेला भण्डारीको विषयलाई लिएर आलोचना भइरहेको छ।


    बुधवार, आषाढ ५ २०८१०७:५९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij