एजेन्सी । अमेरिकी राष्ट्रपतिको निर्वाचन मंगलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
कोरोना भाइरस महामारीका कारण मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन् महत्वपूर्ण भएको विश्लेषकहरुको भनाइ छ ।
आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने अमेरिकी राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना हुन नसक्ने बिज्ञहरुको भनाइ छ ।