Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

बजेटमाथि छलफलमा सांसदका गुनासै गुनासा (खासखबर)

बजेटमाथि छलफलमा सांसदका गुनासै गुनासा (खासखबर)

  • मंगलवार, आषाढ ४ २०८१

  • 474
    SHARES

  • बजेटमाथि छलफलमा सांसदका गुनासै गुनासा (खासखबर)

    बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसदका आआफ्नै गुनासा हाबी भएका छन् । बजेट ल्याउँदा अर्थमन्त्री बर्षमान पुनको मनपरीदेखि मन्त्रीहरुको दादागिरीमाथि सांसदहरुले गुनासाको पोका पोखेका छन् । प्रतिपक्षीको संसद अवरोधको फाइदा उठाउँदै बजेट ल्याएका अर्थमन्त्री पुनमाथि चौतर्फी दबाब परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता राजेन्द्र लिङ्देनले आज संसदको रोष्टममै बजेट पुस्तिका च्याँतेका छन् । पुस्तिकाभित्र सिमित जिल्लाहरुमा अर्बौँको बजेट गएको तर धेरै जिल्लाहरुलाई छ्टाएको भन्दै लिङ्देनको रिसको बाँध फुटेको थियो ।

    नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारमा रहेकाहरुको कारणले व्यवस्था र संघीयतामाथि प्रश्न उठेको आरोप लगाउनुभएको छ । बजेटले कानूनी मर्यादा र मापदण्ड उल्लंघन गर्ने प्रतिस्पर्धा गरिरहेको उहाँको भनाइ छ । यो बजेटले आर्थिक अनुशासनलाई समेत पालना नगरेको, मन्त्री र सरकारमा रहेकाहरुकै कारणले व्यवस्था र संघीयतामाथि सबैभन्दा धेरै टिकाटिप्पणी भएको पौडेलको भनाइ छ ।

    स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेट प्रधानमन्त्री र सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको जिल्लामा केन्द्रित गराएको भन्दै आपत्ति जनाउनुभएको छ । प्रधानमन्त्री, एमालेका अध्यक्ष ओली र मन्त्रीहरूको जिल्लामा बजेटको बाढी आएको सिंहको दाबी छ । ७७ वटा जिल्लामध्ये सात जिल्लामा मात्रै बजेट जानु दुभाग्र्य भएको उहाँको भनाइ छ ।

    बढी महत्वकांक्षी रुपमा आएको बजेट कार्यान्वयनमा हरेक वर्ष समस्या पर्ने गरेको छ । अघिल्लो वर्षको राजश्व लक्ष्यपनि पूरा हुन सकेन । कर्मकाण्डी बजेट ल्याउँदा र डाडूपनिउ आफ्नै हातमा भएकोले डकार निकालुञ्जेल असमान व्यवहार गर्दा सांसदहरु आक्रोशित भएका हुन् ।

     


    मंगलवार, आषाढ ४ २०८१०७:१२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij