Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

दुबै सदनका बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची...

दुबै सदनका बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची...

  • मंगलवार, आषाढ ४ २०८१

  • 425
    SHARES

  • दुबै सदनका बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची...

    काठमाडौं। संघीय संसद्अन्तर्गत दुबै सदनका बैठक आज पनि बस्दै छन्।जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ ।

    आजको बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शिर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।साथै विभिन्न सांसद्हरुले मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ ।

    यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो १.१५ बजे बस्नेछ ।बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ।

    त्यसैगरि “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


    मंगलवार, आषाढ ४ २०८११०:१९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij