Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

संघीय सरकारले नै स्थानीय सरकारलाई कमजोर बनायोः संघीयताविद् खिमलाल देवकोटा

संघीय सरकारले नै स्थानीय सरकारलाई कमजोर बनायोः संघीयताविद् खिमलाल देवकोटा

  • मंगलवार, आषाढ ४ २०८१

  • 921
    SHARES

  • संघीय सरकारले नै स्थानीय सरकारलाई कमजोर बनायोः संघीयताविद् खिमलाल देवकोटा

    काठमाडौं।संघीय सरकारले नै स्थानीय सरकारलाई कमजोर बनाएको टिप्पणी हुन थालेको छ। संघीयताविद् एवं पूर्व राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा स्थानिय सरकारलाई संविधानले दिएको अधिकार पनि नदिएर संकुचित गर्न खोजेर संघिय सरकारले नै कमजोर बनाएको बताउनु भएको हो ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम पालिका बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै देवकोटाले संघिय सरकारभन्दा स्थानिय सरकार पारदर्शी रहेको र भ्रष्ट्राचार पनि कम रहेको भन्दै स्थानिय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । यसमा संघिय सरकार चुकेको टिप्पणी गर्नुभयो ।

    देवकोटाले देशभरकै पालिकालाई समानरुपले नभै भौगालिक अवस्था र श्रोतको आधारमा करका दरमा पनि दायरा तोक्नुपर्ने बताउनुभयो। उहाँले स्थानिय तहहरुको कार्य प्रगति र कार्यशैलीको अनुगमन गर्नुपर्नेमा संघिय सरकार चुकेको बताउँदै उहाँले स्थानिय तहको काममा सर्वसाधरण जनताहरु सन्तुष्ट हुन नसकेको बताउनु भयो।

    संघिय सरकारले स्थानीय तहमा अनुमगमन गरी कामका आधारमा बजेट स्थानान्तरणको व्यवस्था गर्नुपर्ने बताउनु भयो। उहाँले अनुमगनमा राम्रो काम गर्ने स्थानीय सरकारको बजेट वृद्धी गर्ने र सुचांकहरुमा राम्रो नदेखिएकाहरुको बजेट कम गर्ने व्यवस्था गर्ने हो भने स्थानिय तहको नतिजा राम्रो निस्किने धारणा राख्नुभयो।


    मंगलवार, आषाढ ४ २०८१०८:३४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij