काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकार सञ्चालनको विषयमा एमालेसँग कुनै खटपट नभएको जिकिर गनुभएको छ ।
उहाँले सरकारलाई समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी (जपा)लाई सरकारमा ल्याउन एमालेसँग निरन्तर छलफल भइरहेको समेत स्पष्ट पार्नुभयो ।
‘बजेटलाई लिएर एमालेको असन्तुष्टिले सरकार सञ्चालनमा खटपट आएको छैन । नाउपा र जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा एमालेसँग छलफल भइरहेको छ । उसको माग बमोजिम जपाले मधेसमा मुख्यमन्त्री पाइसकेको छ । सङ्घ सरकारमा ल्याउने विषयमा पनि कुरा भइरहेको छ । अहिले नाउपा मात्र सरकारमा आउने भए एक सिट खाली गर्नुपर्छ । एमाले र माओवादीले मध्ये कसले खाली गर्ने विषय टुङ्गिएको छैन । दुवै पार्टी सरकारमा आउने भए दुई पार्टीले एक÷एक सिट खाली गर्नुपर्छ’, उहाँले भन्नुभयो ’
यी सानातिना प्राविधिक कुरा भएकाले शीर्ष नेताहरूले मिलाउने गुरुङले बताउनुभयो। अर्थमन्त्री वर्षमान पुनले संसद्मा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१र८२ को बजेटलाई लिएर सत्ताको मुख्य घटक एमालेले असन्तुष्टि पोखेको छ ।