Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पदाधिकारी, पूर्वपदाधिकारीसहित आज कांग्रेसको बैठक वस्दै, संसद् अधिवेशनबारे छलफल हुने

पदाधिकारी, पूर्वपदाधिकारीसहित आज कांग्रेसको बैठक वस्दै, संसद् अधिवेशनबारे छलफल हुने

  • सोमवार, कार्तिक १७ २०७७

  • 1.1K
    SHARES

  • पदाधिकारी, पूर्वपदाधिकारीसहित आज कांग्रेसको बैठक वस्दै, संसद् अधिवेशनबारे छलफल हुने

    काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीसहितको आज अनौपचारिक बैठक वस्दैछ । अनौपचारिक बैठकमा संसद् अधिवेशन बोलाउने विषयमा समेत छलफल हुने भएको छ ।

    कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारले तत्काल संसद् अधिवेशन नडाके कांग्रेसको अगुवाइमा संसद् अधिवेशनका लागि समावेदन गरिने बताउनुुभएको छ ।

    दसैंअघिको अनौपचारिक बैठकले नै संसद् अधिवेशन बोलाउने निर्णय कांग्रेसले गरेको थियो । असोज १९ गते केन्द्रीय कार्यसमितिको बैठकमा निर्णय गरेर संसदीय दललाई प्रक्रियाका लागि निर्देशन दिने तयारी थियो । पार्टीका आधा दर्जन केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि बैठक स्थगित भएको थियो ।

    बैठक कात्तिक २१ गतेका लागि बोलाइएको छ । त्यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएका विषय र महाधिवेशनको तयारीबारे छलफल गर्न आज पदाधिकारी, पूर्वपदाधिकारीसहितको अनौपचारिक बैठक डाकिएको छ ।

     


    सोमवार, कार्तिक १७ २०७७०९:१४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij