Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

स्थानीय तहलाई दरो बनाउने कुरा बजेटमा छैनः सांसद खतिवडा

स्थानीय तहलाई दरो बनाउने कुरा बजेटमा छैनः सांसद खतिवडा

  • आइतवार, आषाढ २ २०८१

  • 411
    SHARES

  • स्थानीय तहलाई दरो बनाउने कुरा बजेटमा छैनः सांसद खतिवडा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सरकारले ल्याएको आगामी आर्थीक वर्षको बजेट स्थानीय तह केन्द्रित हुन नसकेको बताउनुभएको छ।

    आज जारी प्रतिनिधि सभाको बैठकमा “विनियोजन विधेयक,२०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो।

    सांसद खतिवडाले अहिले बनाउनुपर्ने स्थानीय तह भएपनि बजेटमा संघ केन्द्रित गरिएको बताउनुभयो। उहाँले प्रदेश र स्थानीय तहलाई दरो बनाउने कुरा बजेटमा उल्लेख हुन नसकेको बताउनुभयो।

    उहाँले प्रशासनमा प्रशासकीय प्रमुखहरु एक महिनामा ४ पटकसम्म परिवर्तन हुने पद्धति रहेको भन्दै यसलाई अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो। सांसद खतिवडाले विगतकै पद्धतिको निरन्तरता हुने हुने हो भने संघीयता र अहिले बनाएका कानूनको अर्थ नहुने बताउनुभयो।

    उहाँले सामान्य प्रशासन र संघीय मामिला मन्त्रालयले स्थानीय तहमा जनतालाई पुग्ने खालका अधिकारहरु स्थापित गर्नुपर्ने बताउनुभयो।सांसद खतिवडाले सुशासन झनै कमजोर हुँदै गइरहेको बताउनुभयो।


    आइतवार, आषाढ २ २०८१०३:३१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij