Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूकै लगानीमा बन्नुपर्ने शर्माको प्रस्ताव

बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूकै लगानीमा बन्नुपर्ने शर्माको प्रस्ताव

  • आइतवार, आषाढ २ २०८१

  • 753
    SHARES

  • बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूकै लगानीमा बन्नुपर्ने शर्माको प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूकै लगानीमा बन्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।

    स्वदेशमा तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा सो आयोजना सम्पन्न गर्ने काम सरकारले गर्नुपर्ने शर्माले बताउनुभएको हो । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले मेरो सहभागितामा नेपाल बन्दैछ भन्ने कुराको सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरूको लगानीमा सो आयोजना सम्पन्न गर्न उपयुक्त हुने धारणा पनि राख्नुभयो । उहाँले नेपाल बन्न सक्छ र यो उज्यालो दिशातर्फ अगाडि बढ्दैछ भन्ने सन्देश दिन पनि सरकारले १२ सय मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्यमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘म आज बुढीगण्डकी परियोजनाको सन्दर्भमा अन्तिममा यति आग्रह गर्न चाहन्छु । यो परियोजना निर्माण गर्ने सन्दर्भमा हामीले कदम चाल्दै गर्दा सत्ता, प्रतिपक्ष हामी सबै एक छौँ । सबै आग्रह पूर्वाग्रहभन्दा माथि उठेर स्वदेश र विदेशमा भएका समस्त नेपालीलाई गाँसी राखेर यो परियोजना निर्माण गरेर नेपाल बन्न सक्छ, बन्दैछ । र मेरो सहभागितामा बन्दैछ । नेपाल बन्ने एउटा उज्यालो दिशातिर जाँदैछ भन्ने सन्देश दिनका लागि सरकार सफल बन्नुपर्छ । हामी माझ चर्चामा रहेको परियोजना हो बुढीगण्डकी । अघिल्ला बजेटहरूमा पनि हामी बुढी गण्डकी बनाउने लेख्दै आयौँ । बनाउने त बनाउने । तर, कुन पैसाले बनाउने रु एउटा विकल्पको रूपमा हामीले सोच्यौँ कि विदेशीको पैसाले बनाउने । केवल विद्युत् उत्पादन मात्रै हो भने त विदेशीलाई दिँदा केही फरक पर्दैन । तर यो बहुउद्देश्यीय परियोजना हो । पहिलो त १२ सय मेगावाट विद्युत्को कुरा छ । दोस्रो, हजारौँ हेक्टरमा सिँचाइ, तेस्रो, लाखौँले पिउने पानी । चौथो, पर्यटन । सहायक प्रोजेक्टको रूपमा माछा पालन । विदेशी कम्पनीलाई नदिने हो भने अर्को विकल्प विदेशबाट ऋण लिने ।’


    आइतवार, आषाढ २ २०८१०२:२१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij