Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउनुस् : बालेन

पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउनुस् : बालेन

  • आइतवार, आषाढ २ २०८१

  • 378
    SHARES

  • पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउनुस् : बालेन

    काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरुलाई पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन चेतावनी दिनुभएको छ ।

    आज तय भएको नगरसभा कांग्रेस र एमालेका वडाध्यक्षहरुले बहिस्कारका कारण स्थगित भएपछि मेयर बालेनले सामाजिक सञ्जाल मार्फत आक्रोश पोख्नु भएको हो ।

    ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको उहाँले लेख्नुभएको छ ।

    काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने उल्लेख गर्दै नगर प्रमुख शाहले हरेक नागरिकले चासो हुने हुँदा नगरसभा प्रत्यक्ष प्रसारण हुने गरेको बताउनुभयो ।


    आइतवार, आषाढ २ २०८१०१:३९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij