Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

संसदीय सुुनुवाइ समितिको बैठक बस्दै , प्रस्तावित राजदूतविरुद्धको उजुरीबारे छलफल हुने

संसदीय सुुनुवाइ समितिको बैठक बस्दै , प्रस्तावित राजदूतविरुद्धको उजुरीबारे छलफल हुने

  • सोमवार, कार्तिक १७ २०७७

  • 784
    SHARES

  • संसदीय सुुनुवाइ समितिको बैठक बस्दै , प्रस्तावित राजदूतविरुद्धको उजुरीबारे छलफल हुने

    काठमाडौं।संसदीय सुुनुवाई समितिको बैठक आज बस्दै छ । प्रस्तावित तीन राजदूतविरुद्ध परेका उजुरीमाथि आज बस्ने संसदीय सनुवाइ समितिको बैठकमा छलफल हुने भएको हो।

    प्रस्तावित राजदूतहरु अमेरिकाका युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका निर्मलकुमार विश्वकर्माविरुद्ध चार उजुरी परेका छन्।

    प्रस्तावित राजदूत खतिवडाविरुद्ध ३ उजुरी परेका छन् भने एक उजुरी रेग्मीविरुद्धको छ। ती उजुरीमाथि आज बिहान बस्ने बैठकमा छलफल हुने भएको हो।

    यसअघि समितिले तीन राजदूतविरुद्धका उजुरीकर्तालाई कात्तिक १७ गते बस्ने समितिको बैठकमा उपस्थित हुन सूचना जारी गरेको थियो। उजुरीका लागि कात्तिक १ गतेसम्मको समय दिइएकोमा ४ उजुरी परेका थिए। बैठक विहान ११ बजे वस्ने भएको छ ।

     


    सोमवार, कार्तिक १७ २०७७०८:१८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij