Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि भेटवार्ता हुने

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि भेटवार्ता हुने

  • आइतवार, आषाढ २ २०८१

  • 308
    SHARES

  • राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि भेटवार्ता हुने

    काठमाडौं । विदेश भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ ।

    राष्ट्रपति पौडेल समकक्षी डा. फ्र्यांक वाल्टर स्टिनमेयरको मैत्रिपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जानुभएको हो ।

    राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई हिजो बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मनीका राष्ट्रपतिको संघीय परराष्ट्र मामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गरेको बर्लिनस्थित नेपालको राजदूतावासले जनाएको छ।

    राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि सोमबार औपचारिक भेटवार्ताको कार्यक्रम रहेको दूतावासले जनाएको छ। राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्किने कार्यक्रम छ।


    आइतवार, आषाढ २ २०८१०६:५९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij