Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

“अब १० वर्षमा ३० खर्बको आयटी निर्यात र १५ लाख रोजगारी दिन्छौं” : अर्थमन्त्री पुन

“अब १० वर्षमा ३० खर्बको आयटी निर्यात र १५ लाख रोजगारी दिन्छौं” : अर्थमन्त्री पुन

  • शनिवार, आषाढ १ २०८१

  • 570
    SHARES

  • “अब १० वर्षमा ३० खर्बको आयटी निर्यात र १५ लाख रोजगारी दिन्छौं” : अर्थमन्त्री पुन

    काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सरकारले सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ।

    डिजिटल मिडिया फाउन्डेसनद्वारा आयोजित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन,२०८१’मा उहाँले सूचना प्रविधिका क्षेत्रमा फड्को मार्न आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमार्फत सरकारले महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ भन्नुभयो।

    उहाँले भन्नुभयो,“सरकारले बजेटमार्फत सूचना प्रविधि क्षेत्रमा लगानी दशक घोषणा गरेर यो क्षेत्रलाई महत्वका साथ अघि बढाएको छ। अबको १० वर्षमा करिब ३० खर्बको निर्यात र १५ लाख जनशक्तिलाई रोजगारीको सम्भावना देखिएको छ।”

    उहाँले थप्नुभयो,“यसका लागि सरकारले नीतिगत स्थिरता र सूचना प्रविधि क्षेत्रको पूर्वाधार निर्माणलाई जोड दिइएको छ,पाँच वर्षसम्म करका नीति नफेर्ने, काठमाडौँ उपत्यकाका कम्तीमा १० ठाउँ र प्रत्येक प्रदेशमा आइटी पार्क बनाएर तीन वर्षसम्म कुनै शुल्क नलिने योजना सरकारले बनाइरहेको छ।”

    आगामी आवको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको र मुलुकको आर्थिक समृद्धिका लागि सार्वजनिक, निजी तथा सहकारी क्षेत्रलाई सँगसँगै अघि बढाउने नीति सरकारले लिएको उहाँले जानकारी दिनुभयो।

    अर्थमन्त्री पुनले कृत्रिम बौद्धिकता(आर्टिफिसियल इन्टेलीजेन्स–एआई)को विकासलाई मानव सभ्यता माथिको चुनौतीका रूपमा समेत हेर्न थालिएको भए पनि यसलाई औद्योगिक क्रान्तिको अर्को चरणका रूपमा लिइनुपर्ने र समग्र विकासका लागि महत्त्वपूर्ण माध्यमका लागि विकास तथा प्रयोग गरिनुपर्छ भन्नुभयो ।


    शनिवार, आषाढ १ २०८१०३:३४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij