काठमाडौं। उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताउनु भएको छ।
आज काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।
गृहमन्त्री लामिछानेले रास्वपासँग आम नागरिकको ठूलो आशा रहेको भन्दै आफूहरूले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गर्नुभयो। उहाँले रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठूलो कार्यभार रहेको पनि बताउनुभयो।
रास्वपाले उपलब्धि नै भ्रष्टाचारीको ठूला फाइल खोल्नुलाई लिइरहेको उहाँले बताउनु भयो। ।गृहमन्त्री लामिछानेले आफ्नो पार्टी सरकारमा पुगेपछि विधिको स्थापना गरेको दाबी समेत गर्नुभयो।
लामिछानेले पुराना राजनीतिक दलहरूसँग आफ्नो पार्टी मिलेर नगएको र रास्वापाका पदाधिकारी चिन्तित भएर लाग्नु नै पार्टी अघि बढ्नु रहेको जिकिर गर्नुभयो।