काठमाडौं। सत्तारुढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । भोली दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्ने गरि बैठक आह्वान गरिएको एमालेले जनाएको छ ।
संघीय संसदमा आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेकोले यस सम्बन्धमा आफ्नो भुमिका अझै प्रभावकारी बनाउने बारे छलफल गर्न बैठक डाकिएको एमाले स्रोतले जनाएको छ ।
यसअघी पनि पटकपटक बजेटप्रति असन्तुष्टी व्यक्त गर्दै आएको सत्तारुढ गठबन्धनको प्रमुख घटक एमालेले बजेटमाथि छलफल चलिरहेकै बेला संसदीय दलको बैठक बोलाएको हो।