Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

गण्डकीका मन्त्री देवकोटा परे कारबाहीमा

गण्डकीका मन्त्री देवकोटा परे कारबाहीमा

  • शुक्रवार, जेठ ३२ २०८१

  • 1.5K
    SHARES

  • गण्डकीका मन्त्री देवकोटा परे कारबाहीमा

    काठमाडौं। माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिनु भएका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ।

    माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराउनु भएको छ।

    प्रदेश सभाको आजै बस्ने दोस्रो बैठकमा सभामुखले कारबाही गरेको जानकारी दिने तयारी छ। त्यसो भएमा सांसद देवकोटा पदमुक्त हुनुहुनेछ।

    नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २(क)मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लड्नु भएको थियो।

    माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ असारमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा ऊर्जामन्त्री समेत बन्नुभएको छ।


    शुक्रवार, जेठ ३२ २०८१०४:३५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij