Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई नबिर्सौं : राष्ट्रपति पौडेल

विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई नबिर्सौं : राष्ट्रपति पौडेल

  • बिहिवार, जेठ ३१ २०८१

  • 287
    SHARES

  • विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई नबिर्सौं : राष्ट्रपति पौडेल

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने विचार व्यक्त गर्नुभएको छ।

    स्वीटजरल्याण्डको जेनेभामा सुरु भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको आज उद्घाटन सत्रमा मूख्य वक्ताकारुपमा बोल्दै उहाँले यस्तो बताउनु भएके हो।

    कार्बन उत्सर्जनमा नगण्य योगदान दिए पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरहरूको मार खेपिरहेको र यसमा नेपालको कुनै दोष नभएको उल्लेख गर्नुभयो।

    उहाँले श्रमको सम्मान गर्ने संस्कृतिको विकासका लागि सबैलाई अपिल गर्नुभयो।सामाजिक न्यायका माध्यमबाट दिगो शान्ति प्राप्त गर्ने सबैको सामूहिक प्रयास आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो।

    यसैबिच, राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गर्नुभएको छ ।

    भेटमा राष्ट्रपति पौडेलले महानिर्देशक हुंग्बोलाई सम्मेलनको मुख्य वक्ताको रूपमा आमन्त्रण गर्नुभएकोमा आभार प्रकट गर्दै अन्तर्राष्ट्रिय श्रम सङ्गठनले मर्यादित काम तथा श्रमको अधिकार सुनिश्चित गर्ने तथा सामाजिक संवाद र सबैका लागि सामाजिक संरक्षणका क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्नुभयो।


    बिहिवार, जेठ ३१ २०८१०७:१७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij