Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओलीले प्रचण्डलाई भने, ‘सँगै जान सकिएन अब अलग–अलग लागौं’

ओलीले प्रचण्डलाई भने, ‘सँगै जान सकिएन अब अलग–अलग लागौं’

  • आइतवार, कार्तिक १६ २०७७

  • 1.2K
    SHARES

  • ओलीले प्रचण्डलाई भने, ‘सँगै जान सकिएन अब अलग–अलग लागौं’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले अलग–अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गर्नुभएको छ ।

    खुमलटारमा आफू निकट नेताहरूसँग कुराकानी गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले शनिबारको भेटघाटमा अब अलग अलग हिँड्ने प्रस्ताव गर्नुभएको ब्रिफ्रिङ गर्नुभएको हो ।

    प्रधानमन्त्रीले सँगै जान सकिएन, अब अलग–अलग लागौं भनेर प्रस्ताव गर्नुभएको कुरा प्रचण्डले आजको बैठकमा आफूहरुलाई जानकारी गराउनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

    प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न आफूहरु लागि परेका उहाँले बताउनुभयो ।

    आज बिहान ११ बजे पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासहितको बैठक बसेको थियो ।

    प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच शनिबार दिउँसो सवा १ बजे बालुवाटारमा भेटवार्ता भएको थियो ।

    यता नेकपाका महासचिव विष्णु पौडेलले पनि पार्टी फुटतर्फउन्मुख भएको संकेत गर्नुभएको छ ।

    पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबीच पछिल्लो मतभेद सतहमा आएकै बेला महासचिव पौडेलले नेकपाको एकिकृत अस्तित्व गम्भीर संकटमा परेको बताउनुभएको हो ।

    केहीदिन अघि दुवै अध्यक्षको सहमतिमा अर्थमन्त्रीको समेत जिम्मा पाएका महासचिव पौडेलले आज दिउँसो सामाजिक सञ्जालमा एकताका लागि योगदन गर्नसमेत सबैसँग आग्रह गर्नुभएको छ ।


    आइतवार, कार्तिक १६ २०७७०६:१६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij