Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

सरकारको हनिमुन पिरियड पनि व्यर्थै बित्यो, सत्ता बनाउने र भत्काउने खेल जारी नै (खासखबर)

सरकारको हनिमुन पिरियड पनि व्यर्थै बित्यो, सत्ता बनाउने र भत्काउने खेल जारी नै (खासखबर)

  • बुधवार, जेठ ३० २०८१

  • 933
    SHARES

  • सरकारको हनिमुन पिरियड पनि व्यर्थै बित्यो, सत्ता बनाउने र भत्काउने खेल जारी नै (खासखबर)

    काठमाडौं। तेस्रोपटक समिकरण परिवर्तन गरेर प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल प्रचण्ड सरकारको एकसय दिन पूरा भएको छ। यो अवधिभित्र सरकारले जनतालाई आश्वास्त पार्ने खाले योजना प्रस्तुत गर्न सकेको छैन। बजेट ल्याउँदा पनि माओवादी केन्द्रकै हाबी देखियो, अहिले सत्ताको प्रमुखघटक एमाले रुष्ट बन्दै गएको छ।

    बजेटमाथिको मन्त्रालयगत छलफलमा समेत सांसदहरु हाजिर गरेर टाप कस्ने गरेका छन्। सरकारको एकसय दिन सत्ता टिकाउने र प्रतिपक्षको भत्काउनका लागिपर्ने मात्रै भएको माओवादी केन्द्रकै नेता रामनारायण बिडारीको तर्क छ। सरकारले खासै उपलब्धि हासिल गर्न नसकेको उहाँको भनाइ छ।

    भूमि सुधार मन्त्री बलराम आचार्यले भने आफूले जनताको पक्षमा नयाँ कार्यको थालनी गरेको दाबी गर्नुभएको छ। केही दिनमा मन्त्रालयको उपलब्धि सार्वजनिक गर्ने भन्दै उहाँले तोकिएको कार्यभार पूरा गर्न लागिपरेको बताउनुभयो। संविधानमा भूमिसम्बन्धि ऐनमा २०२१÷३०३४ कै व्याख्या गर्नुपर्ने बाध्यता भएकोले यसको संशोधनका लागि पहल थालेको आचार्यको भनाइ छ।

    सत्ता र शक्तिको उन्मादमा लागेका राजनीतिक दल र तिनका नेताहरुले मुलुकको विकास गर्ने हो भने यतिधेरै प्रतिक्षा गर्न नपर्ने राजनीतिक विश्लेषकहरुको तर्क छ। विश्लेषक महेश भट्टराईका अनुसार राज्यमा रहेका विभिन्न संस्थाहरुले आफ्नो उत्तरदायित्व पूरा नगर्दा समस्या देखिएको छ। भ्रष्टाचारको गन्धले मुलुक आक्रान्त भएको उहाँको दाबी छ ।

    सरकार देशको अभिभावक हो, यसको दिशा सही ढंगले अगाडि बढेन भने जनताले दुःख पाएका हुन्छन्। अहिलेको स्थितिमा मुलुक बन्ने भन्दा पनि नेताहरु आफ्नै खिचातानीमा व्यस्त प्रायः छन्। सरकारको यो हनिमुन पिरियडमा समेत वाहवाही गर्ने कुनै काम पनि हुन सकेको छैन।


    बुधवार, जेठ ३० २०८१०८:०५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij