काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अहिले भएको प्रदेश संरचनाले संविधान र संघीयतालाई बोक्न नसकेको बताउनु भएको छ।
आज नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताउनु भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनु भएका गृहमन्त्री लामिछानेले प्रदेश तेस्रो तहका नेताहरुलाई राख्ने स्थल बनेको भन्दै व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको जिकिर गर्नुभयो।
गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको दाबि गर्नुभयो। उहाँले मिलेर जाऊँ भन्ने चकरमा आफू ३ महिना नलागेको भए गत निर्वाचनमा २० सिट बढी जित्ने दाबीसमेत गर्नुभयो।