Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

पूर्वन्यायाधीश गिरी बलात्कार मुद्दामा दोषी ठहरः ७ वर्ष कैद र ३ लाख जरिवाना

पूर्वन्यायाधीश गिरी बलात्कार मुद्दामा दोषी ठहरः ७ वर्ष कैद र ३ लाख जरिवाना

  • मंगलवार, जेठ २९ २०८१

  • 944
    SHARES

  • पूर्वन्यायाधीश गिरी बलात्कार मुद्दामा दोषी ठहरः ७ वर्ष कैद र ३ लाख जरिवाना

    काठमाडौं। पूर्वन्यायाधीश भुवन गिरी जबरजस्ती करणीमा दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीसँग सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै दोषी ठहर गरेको हो ।

    अदालतले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ। जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने छिन् । जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो।उक्त फैसलाको सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो।

    उनी सर्वोच्च अदालतको आदेशले यसअघि नै थुनामा रहेका छन्। सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो। जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पदसमेत गुमाइसकेका छन् ।


    मंगलवार, जेठ २९ २०८१०३:२९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij