Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

गण्डकीमा देवकोटा र मनाङे मन्त्री नियुक्तः मनाङे बने ७ वर्षमा ६ पटक मन्त्री

गण्डकीमा देवकोटा र मनाङे मन्त्री नियुक्तः मनाङे बने ७ वर्षमा ६ पटक मन्त्री

  • मंगलवार, जेठ २९ २०८१

  • 1.6K
    SHARES

  • गण्डकीमा देवकोटा र मनाङे मन्त्री नियुक्तः मनाङे बने ७ वर्षमा ६ पटक मन्त्री

    काठमाडौं। गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्‌ विस्तार भएको छ। आज बिहान ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

    माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्विप जारी भए पनि मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिनुभएको थियो। देवकोटाले फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ।

    नेपाल समाजवादी पार्टीले भने देवकोटालाई कारबाही गर्न नमिल्ने बताएको छ। योसँगै गुरुङ गण्डकीमा छैटौँ पटक मन्त्री बन्नुभएको छ। कांग्रेसका टेकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयमा यसअघि नै नियुक्त भइसक्नु भएको थियो।


    मंगलवार, जेठ २९ २०८१०२:५५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij