काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताउनुभएको हो।
अर्थमन्त्री पुनले तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? र कस्तो कस्तो खालको भुमिकामा रहन्छ ? भन्नेकुरा स्पष्ट रुपले सबैले बुझ्ने गरी नीीत स्पष्ट गर्ने बताउनुभयो।
अर्थमन्त्री पुनले नयाँ चरणको आर्थिक सुधारका लागि राजनीतिक नेतृत्व स्पष्ट रहेको बताउनुभयो। उहाँले स्वदेशमै रोजगारको अवसर बनाउनसके अधिकांश नेपालीहरु स्वदेशमै काम गर्ने वातावरण बन्ने बताउनुभयो ।
मन्त्री पुनले सरकार फेरिने कुरा स्वभाविक भएपनि नीतिहरुको निरन्तरता हुन आवश्यक रहेको बताउनुभयो। उहाँले सरकारमा रहेका दल र विज्ञहरु राखेर मात्र नभइ उच्चस्तरीय आयोग बनाएर नीतिको निरन्तरताको लागि दृष्टिकोणमा प्रश्तुत गर्ने बताउनुभयो।