Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

अस्पताल सञ्चालन ऐन ल्याउन तोसिमा कार्कीको माग

अस्पताल सञ्चालन ऐन ल्याउन तोसिमा कार्कीको माग

  • मंगलवार, जेठ २९ २०८१

  • 312
    SHARES

  • अस्पताल सञ्चालन ऐन ल्याउन तोसिमा कार्कीको माग

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले अस्पताल सञ्चालन ऐन ल्याउन माग गर्नुभएको छ।

    आज जारी प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले स्वास्थ्य संस्था तथा अस्पताल सम्बन्धी मापदण्ड कार्यान्वयन नभएकाले पनि सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन ढिलाइ गर्न नहुने बताउनुभएको हो।

    सांसद कार्कीले विपन्न नागरिकका लागि १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने मापदण्ड समेत अस्पतालहरूले पालना नगरेको दृष्टान्त पेस गर्दै त्यस्ता अस्पतालहरूलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारले ऐनमा नै स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनुभयो।

    उहाँले सरकार अस्पताल, निजी अस्पताल, सामुदायिक अस्पताल, मेडिकल कलेजमा सञ्चालित अस्पतालहरूलाई विपन्न नागरिकको पक्षका काम गराउन पनि सरकारले आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो।

    सांसद कार्कीले निजी अस्पतालहरूले सरकारले तय गरेको मापदण्ड पालना नगरेको पनि गुनासो गर्नुभयो।

     


    मंगलवार, जेठ २९ २०८१०२:३१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij