Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु

प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु

  • मंगलवार, जेठ २९ २०८१

  • 604
    SHARES

  • प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु
    काठमाडौं । प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु भएको छ । 
     
    प्रतिनिधि सभाको आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफल सुरु भएको हो । 
     
    बैठकमा सांसदहरू प्रेम सुवाल, सांसद डा. अमरेशकुमार सिंह, पुष्पबहादुर शाह, बद्रीप्रसाद पाण्डेले खर्च कटौतीको प्रस्ताव पेश गरेका छन् । 
     
    मन्त्रालयगत बजेटको छलफलपछि आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट पारित गर्ने कानुनी व्यवस्था छ । 


    मंगलवार, जेठ २९ २०८१०१:४५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij