Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मञ्जु पौडेलको सन्देशमुलक रमाईलो गित ‘विचार गर छुनलाई’ बन्यो लोकप्रिय (भिडियोसहित) )

मञ्जु पौडेलको सन्देशमुलक रमाईलो गित ‘विचार गर छुनलाई’ बन्यो लोकप्रिय (भिडियोसहित) )

  • मंगलवार, जेठ २९ २०८१

  • 1.3K
    SHARES

  • मञ्जु पौडेलको सन्देशमुलक रमाईलो गित ‘विचार गर छुनलाई’ बन्यो लोकप्रिय (भिडियोसहित) )

    काठमाडौँ । लोकप्रिय लोकदोहोरी गायिका मञ्जु पौडेलले ल्याएको नयाँ गित ‘बिचार गर छुनलाई’ पनि लोकप्रिय भएको छ ।

    माया प्रेम गरेपछि एकअर्कालाई धोका दिन नहुने सन्देश गित मार्फत् मञ्जुले दिन खोजेकि छिन् । गितमा, विचार गर मायालु छुनलाई, छोएपछि पर्छ मेरै हुनलाई, पार्दिन रुनलाई, भनिएको छ ।
    सन्देशमुलक प्रेमिल शब्द, मिठो स्वर, जिवन्त अभिनय र राम्रो सम्पादनका कारण गित लोकप्रिय भएको दर्शकहरुले प्रतिक्रिया रहेको छ ।

    मञ्जु पौडेलको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक भएको गीतमा मञ्जुलाई गायक प्रताप दासले साथ दिएका छन् ।

    गीतमा गायक प्रतापसँगै गायिका मञ्जुकी छोरी स्नेहा पौडेलको अभिनय रहेको छ। कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोलाई नविन घर्तिमगरले सम्पादन गरेका छन् भने श्रीकृष्ण बम मल्लको लय शब्द रहेको छ ।

    मन्जुले यसअघि पनि सयौँ गितमा स्वर दिएकी छिन भने धेरै गित लोकप्रिय छन् । गायनसँगै प्रभावकारी स्टेज उद्घोषिका समेत रहेकी मञ्जुलाई स्टेज क्विन पनि भन्ने गरिन्छ । उहाँ गायन र उद्घोषणका लागि विश्वका दर्जनौ देशमा धेरै पटक पुगिसकेकाले पनि उहाँका गित लोकप्रिय हुने गरेका छन् ।

     


    मंगलवार, जेठ २९ २०८११०:३९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij