काठमाडौं। नेकपा एकिकृत समाजवादीका नेता एवं पूर्वमन्त्री विरोध खतिवडाले भ्रष्टाचार नियन्त्रणमा सरकार चुकेको टिप्पणी गर्नुभएको छ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै खतिवडाले सरकार जिम्मेवार बन्न नसक्दा देशमा भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाउनु भएको हो।
अहिले देशको अबस्था नाजुक बन्दै गैरहेको भन्दै खतिवडाले सबै राजनैतिक दलका नेताहरु देशको विकास र निकासका कामभन्दा बढी स्वार्थ केन्द्रित गफमा भुलेको तर्क गर्नुभयो।
उहाँले कुशल नेतृत्वको अभावले देश विकास हुन नसकेको भन्दै काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने नेपाली उखानलाई व्यवहारमै उतारिनु दुखद रहेको बताउनु भयो।
फरक प्रसङ्गमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबाट फर्किदा कुटनितिक तथा राजनीतिक तबरबाट सिमा समस्यासँगै देशको विग्रदो अर्थतन्त्र सुधारका लागी केही महत्वपूर्ण निर्णय गरेर आउनु पर्ने बताउनुभयो।
भारतले पछिल्लो समय गरिरहेको विकासबाट नेपालले पनि पाठ सिकेर देश विकासमा इच्छा शक्ति देखाउनुपर्ने समय रहेको बताउनुभयो।