काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले वर्तमान उत्ताउलो राष्ट्रवादले मात्रै छिमेकी देश भारतसँगको सम्बन्ध दिगो र सुमधुर नबन्ने दाबी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै डा. खड्काले यस्तो बताउनु भएकोे हो ।
उहाँले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले तेश्रोपटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै गर्दा आयोजित सपथ समारोहमा भाग लिन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जानु सकारात्मक रहेको यसले सम्बन्धमा थप उचाइ दिने बताउनु भयो।
यद्यपी यो अवसरमा नेपालले केही महत्वपुर्ण लाभ लिने गरी निर्णय पनि गर्न सकिने अवस्था भएपनि प्रधानमन्त्री प्रचण्डबाट त्यो कदमको आश गर्नैनपर्ने टिप्पणी गर्नुभयो।
यसपटकको कार्यकालमा प्रधानमन्त्री प्रचण्ड हरेक क्षेत्रमा आँफै निरिह बनेको टिप्पणी गर्दै उहाँले अघिल्लो दिन राजदुत फिर्ता बोलाउने र भोलिपल्टै सोही देशको भ्रमणमा जानु असोभनिय रहेकोसमेत तर्क गर्नुभयो।
डा. खड्काले यसपटक प्रधानमन्त्री प्रचण्डले विद्यमान सिमासहितका समस्या समाधानमा र नेपाल भारत सम्बन्धलाई थप उचाईमा पुराउने विषयमा ठोस कदम चाल्न सक्नुपर्ने बताउनु भयो।