काठमाडौं । एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ बस्ने ४७ वर्षीया तारादेवी डंगोल र काठमाडौं महानगर ५ बस्ने ४१ वर्षीया नीलिमा श्रेष्ठ छन् ।
प्रहरीले डंगोललाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो । चिया पसल गरी बस्ने डंगोललाई एक हजार दरको नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनले नक्कली नोटको कारोबार गरेको सूचना पाएपछि प्रहरीले उनको कोठामा छापा मारेर नोट बरामद गरेको थियो ।
यसैगरी घटनामा श्रेष्ठको समेत संलग्नता देखिएकाले खोजतलास गर्ने क्रममा उनलाई नागार्जुनस्थित पद्मा कोलनीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।