Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रघुवीरलाई महासेठलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रघुवीरलाई महासेठलाई

  • आइतवार, जेठ २७ २०८१

  • 1.1K
    SHARES

  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रघुवीरलाई महासेठलाई
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ ।
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी आज त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य महासेठले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको शीतल निवासले जनाएको छ।
     
    प्रधानमन्त्री प्रचण्ड आजै साँझ नरेन्द्र मोदीसँग भेटसमेत गर्नुहुने छ । प्रचण्डको भोलि सोमबार स्वदेश फर्किने तालिका रहेको छ।


    आइतवार, जेठ २७ २०८१०२:२२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij