Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

  • शुक्रवार, जेठ २५ २०८१

  • 1.9K
    SHARES

  • सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार(आज) सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च भएको छ।
     
    सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ। हिजो प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार रुपैयाँ निर्धारण भएको छ। यो हालसम्मकै उच्च विन्दु हो।
     
    यस्तै, तेजाबी सुन हिजो तोलामा एक लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ४४ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ।
     
    चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले वृद्धि भएको छ। हिजो प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ९ सय रुपैयाँ निर्धारण भएको छ। 


    शुक्रवार, जेठ २५ २०८१०२:४८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij