काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि जेठ २७ गतेबाट मन्त्रालयगत छलफल हुने भएको छ।आजको प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा रानाले मन्त्रालयगत छलफल हुने समय जानकारी दिनु भएको हो।
उहाँले भन्नुभयो, ‘विभिन्न मन्त्रालय तथा सचिवालय अन्तर्गतका विभिन्न विषयमा छलफल गर्न र सम्बन्धित मन्त्रीले जवाफ दिनको लागि यही जेठ २७ देखि असार ४ गतेसम्म समय छुट्याएको छु।’ आजकै बैठकले विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ।