Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री लामिछानेले गिरीबन्धुको फाइल खोल्न त के, त्यसबारे बोल्न पनि सक्नु हुन्नः महामन्त्री शर्मा

गृहमन्त्री लामिछानेले गिरीबन्धुको फाइल खोल्न त के, त्यसबारे बोल्न पनि सक्नु हुन्नः महामन्त्री शर्मा

  • बिहिवार, जेठ २४ २०८१

  • 869
    SHARES

  • गृहमन्त्री लामिछानेले गिरीबन्धुको फाइल खोल्न त के, त्यसबारे बोल्न पनि सक्नु हुन्नः महामन्त्री शर्मा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई गिरीबन्धु टी–स्टेट प्रकरणमा छानबिनका लागि तयार हुन चुनौती दिनुभएको छ।

    आज प्रतिनिधी सभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले यस्तो बताउनु भएको हो। शर्माले गृहमन्त्रीको काम धम्क्याउने हो कि काम गर्ने भन्दै प्रश्नसमेत उठाउनुभयो । शर्माले बोल्दै गर्दा गृहमन्त्री भने संसद्मा अनुपस्थित हुनुहुन्थ्यो ।

    शर्माले गृहमन्त्रीलाई सम्बोधन गर्दै भन्नुभयो,“यहाँनेर म गृहमन्त्री खोज्न चाहन्छु । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका अध्यक्षले कांग्रेसले ७० बिघा बेचेर कमिसन खायो भनेर आरोप लगाउनुभएको छ, त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दन्डित गर्न के तपाईं गिरीबन्धनुको फाइल खोल्न तयार हुनुहुन्छ?”

    शर्माले अदालतको फैसलाको पूर्णपाठ आएपछि एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओली कांग्रेससँग खनिएको भन्दै त्यसको कारण स्पष्ट पार्नसमेत ओलीलाई आग्रह गर्नुभयो। उहाँले ओलीले अकस्मात ‘रुद्र रूप धारण गरेर’ कांग्रेसप्रति आरोप लगाएपछि मात्र प्रतिवाद गरेको बताउनुभयो।

    ओलीले आफूलाई बचाउन कांग्रेसलाई आरोप लगाएको भन्दै गृहमन्त्री फाइल खोल्न मात्र होइन बोल्न समेत डराएको शर्माले आरोप लगाउनुभयो। “गिरीबन्धुको फाइल खोल्न हैन गृहमन्त्री बोल्न पनि सक्नुहुन्न म जान्दछु, बोल्न सक्ने भए शिक्षामन्त्रीमाथिको शब्द फिर्ता लिनुहोस् भनेर दमदार ढंगले बोल्न सक्नुहुन्थ्यो । नम्रतापूर्वक पनि भन्न सक्नुभएन ।”

    उहाँले भन्नुभयो,“गिरीबन्धु प्रकरणमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक ग¥यो । कांग्रेसबाट हामी कोही कसैले टिप्पणी गरेको थिएन । हामी कसैले पनि पूर्वप्रधानमन्त्रीज्यू तपाईंको नेतृत्वको सरकारले गरेको निर्णयलाई त सम्मानित अदालतले नीतिगत भ्रष्टाचारको दायरामा ल्याएर उभ्याएको छ, तर, उहाँले फाइल खोल्दै भन्नुभयो कांग्रेसले गिरीबन्धुको ७० बिघा जमिन बेचेर कमिसन खायो । के आरोप सही थियो ?”

     

     


    बिहिवार, जेठ २४ २०८१०३:११:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij