काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली जाने तयारी गर्नुभएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार)मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने तयारी गरेपछि प्रचण्ड भारत जाने तयारी गर्नुभएको हो।
हिजो बेलुका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबिच टेलिफोनमा कुराकानी भएको थियो। टेलिफोन संवादमा आगामी दिनमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत पारेर अगाडि बढ्ने विषयमा छलफल भएको छ।
सोहि संवादमा भारतीय प्रधानमन्त्री मोदीले प्रचण्डलाई आफ्नो सपथ ग्रहण समारोहमा भाग लिन औपचारिक निम्तो पाएपछि प्रधानमन्त्री प्रचण्डले भारत जाने तयारी थाल्नु भएको हो।
स्रोतका अनुसार अब प्रधानमन्त्री प्रचण्ड शुक्रबार साँझ वा शनिबार बिहानै नयाँ दिल्ली प्रस्थान गर्नुहुनेछ। आज बस्ने मन्त्रिपरिषद्को बैठकले मोदीको निमन्त्रणालाई स्वीकार गरेर प्रधानमन्त्रीको भ्रमणबारे निर्णय गर्नेछ।