Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

नागरिकतासम्बन्धी हरेक समस्या समाधान हुन्छन् : गृहमन्त्री लामिछाने

नागरिकतासम्बन्धी हरेक समस्या समाधान हुन्छन् : गृहमन्त्री लामिछाने

  • बुधवार, जेठ २३ २०८१

  • 520
    SHARES

  • नागरिकतासम्बन्धी हरेक समस्या समाधान हुन्छन् : गृहमन्त्री लामिछाने

    काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्राप्तिमा देखिएका जलिटता समाधान गर्ने बताउनु भएको छ।

    आज काठमाडौंमा गृह मन्त्रालयले आयोजना गरेको ‘नागरिकता र नागरिकतासँग सम्बन्धित विषयवस्तु माथिको छलफल’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री लामिछानेले नागरिकता प्राप्तिसम्बन्धी नागरिकको संवैधानिक अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयासरत रहेको बताउनुभयो।

    नागरिकता प्राप्तिसँग जोडिएका जटिलतालाई फुकाउन कार्यविधि बनाउने काम भइरहेको उहाँले जानकारी गराउनुभयो।

    कानुनले वर्जित गरेकाबाहेक संविधान, प्रचलित कानुन र विधिबाट नागरिकता प्राप्त गर्न सक्ने नागरिकको अधिकारलाई सङ्कुचित नभई संरक्षण र सहज गर्न गृह मन्त्रालयले सहजीकरण गर्दै आएको उपप्रधानमन्त्री लामिछानेको भनाइ छ।


    बुधवार, जेठ २३ २०८१०५:४८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij