Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

अग्नि सापकोटाविरुद्धको मुद्दामा सुनुवाई सकियो, फैसला असार १२ गते आउने

अग्नि सापकोटाविरुद्धको मुद्दामा सुनुवाई सकियो, फैसला असार १२ गते आउने

  • बुधवार, जेठ २३ २०८१

  • 769
    SHARES

  • अग्नि सापकोटाविरुद्धको मुद्दामा सुनुवाई सकियो, फैसला असार १२ गते आउने

    काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला आउने भएको छ। काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी दायर मुद्दामा सर्वोच्च अदालतले आज सुनुवाइ सकेर फैसला सुनाउने पेशी तोकेको हो।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएसँगै फैसला सुनाउने मिति तोकिएको हो।

    अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले १२ वर्षअघि अर्थात २०६९ मंसिरमा आफ्नो पतिको हत्यामा सापकोटा सूर्यमान दोङसहितका माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गर्नुभएको थियो ।


    बुधवार, जेठ २३ २०८१०५:२०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij