Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

बजेट निर्माणमा प्रधानमन्त्रीकै उदासिनता देखियोः गगन थापा

बजेट निर्माणमा प्रधानमन्त्रीकै उदासिनता देखियोः गगन थापा

  • बुधवार, जेठ २३ २०८१

  • 381
    SHARES

  • बजेट निर्माणमा प्रधानमन्त्रीकै उदासिनता देखियोः गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीले बजेट निर्माणमा उदासिन बनेको पाइएको टिप्पणी गर्नुभएको छ। आज प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१÷०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो।

    उहाँले बजेट निर्माण प्रधानमन्त्रीले चासो र सग्लन हुन आवश्यक भएपनि उदासिन देखिएको उल्लेख गर्नुभयो। उहाँले प्रधानमन्त्रीले बजेटप्रति उदासिन भएसम्म बजेट हावादारी र काम नलाग्ने डकुमेन्टका रुपमा प्रश्तुत भइरहेको दाबी गर्नुभयो।

    महामन्त्री थापाले प्रधानमन्त्री बजेट निर्माणमा उदासिन भएसम्म बजेट काम लाग्ने डकुमेण्ट नबन्ने बताउनुभयो। मुलुकको कार्यकारी प्रधानमन्त्रीले बजेट निर्माणको विषयमा चासो र संलग्न भएको नपाएको बताउनुभयो। उहाँले बजेट निर्माण प्रधानमन्त्रीले चासो र सग्लन हुन आवश्यक भएपनि उदासिन देखिएको उल्लेख गर्नुभयो ।

    उहाँले प्रधानमन्त्रीले बजेटप्रति उदासिन भएसम्म बजेट हावादारी र काम नलाग्ने डकुमेन्टका रुपमा प्रश्तुत भइरहेको दाबी गर्नुभयो। प्रधानमन्त्रीले बजेट निर्माणमा चासो र सक्रिय संग्लनता जनाउन आवश्यक रहेको औंल्याउनुभयो। उहाँले हरेक वर्ष बजेट प्रश्तुत गर्ने बेलामा अर्थमन्त्री परिवर्तन हुने भएकाले बजेटको जिम्मेवारी कसले दिने भन्ने गहन प्रश्न खडा भएको बताउनुभयो ।

    उहाँले सत्तापक्षको ठूलो दल नै बजेट आफूहरुको नभएको प्रतिक्रिया भएको भन्दै बजेटको कार्यान्वयन र जिम्मेवारी विहिन हुने अवस्था देखिएको बताउनुभयो । महामन्त्री थापाले अर्थमन्त्रीले रातो कितावमा लेखेको कुरा अर्को वर्ष संसदमा यी कार्यक्रम योजना पूरा भए र पूरा हुन बाँकी छन् भन्ने वातावरण बनाउने जिम्मा कसले लिने ? भन्दै प्रश्न गर्नुभयो ।

    उहाँले रातो कितावले लेखेको कुराको जिम्मेवार कोही पनि नदेखिएको बताउनुभयो । उहाँले सत्तापक्षसँग बहुमत भएको पास भइहाल्न भन्दै हावादारी अनुमान गरेर बजेट ल्याउने प्रवृत्तिको अन्त्य हुन आवश्यक रहेको बताउनुभयो ।

    महामन्त्री थापाले आर्थिक वृद्धिदर ६ प्रतिशत र ३ अर्ब बढी विदेशी अनुदान आउनसक्ने अवस्थानभएको बेला ५६ अर्ब अनुदान ल्याउने अनुमान हावादारी रहेको बताउनुभयो । उहाँले सत्तापक्षले ताली ठोकेर पास हुन्छ भनेर हावादारी बजेट ल्याउने प्रद्धतीको संसदमा अभ्यास भइरहेको बताउनुभयो । उहाँले मुलुकको बजेट दिनप्रतिदिन हावादारी हुँदै गएको पनि बताउनुभयो ।

    महामन्त्री थापाले मुलुकको अर्थतन्त्रलाई कडा रोग लागेको भन्दै सरकारले यसको तत्काल उपचार खोज्न जरुरी रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा आएको समस्या संरचनाको कारणले आएको भन्दैसंरचना परिवर्तन गरेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताउनुभयो ।

    महामन्त्री थापाले सरकार भ्याट छुटको सूचि घटाउँदै जानुपर्ने ठाउँमा उल्टो बाटो हिँडेको आरोप लगाउनुभयो । उहाँले अग्रिम आयकरको बाटोबाट करका दरको समस्या समाधान नहुने बताउनुभयो । उहाँले विद्युतीय सवारी साधनको बारेका अर्थमन्त्री विगतका उर्जामन्त्री भएको बेला गरेको भाषण र अहिले अर्थमन्त्री हुँदा लगाएको करमा भिन्नता भएको बताउनुभयो ।

    महामन्त्री थापाले विद्युतीय सवारी साधनमा इन्ट्रीदेखि माथि लक्जरी सवारी साधनमा समेत एउटै दरको कर बनाउनु राम्रो नभएको भन्दै यसको अध्ययन गरेर परिवर्तन गरिएको अध्ययन संदनलाई जानकारी गराउन माग गर्नु भयो । उहाँले चिनियाँ गाडीका कुरा विधेयकमा किन छिराउनुभयो ? भन्दै अर्थमन्त्रीलाई प्रश्न गर्नुभयो । महामन्त्री थापाले निश्चित डिजाइन चेन्ज गर्ने आयोजनालाई भन्सार छुट दिएर बाँकीलाई दिन्न भन्नु केही आयोजनाका लागि मात्रै तोकेर छुट दिएको आरोप लगाउनुभयो ।

    महामन्त्री थापाले करका नीतिहरु स्थिर बनाउन आवश्यक रहेको भन्दै विद्युतीय सवारी, आलु प्याज, स्पोन्ज आइरन लगायतका करका दरहरु अर्थमन्त्रालयका एकदुई जना कोठामा बसेर चलाउने विषय नभएको बताउनुभयो । उहाँले बेलायत, क्यानडालगायत अन्य मुलुकको अभ्यासलाई हेरेर करका दरलाई हेरफेर गर्न आवश्यक रहेको बताउनुभयो ।


    बुधवार, जेठ २३ २०८१०४:३९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij